पुष्प

पुष्प

64p

263 comments posted · 6 followers · following 30

117 weeks ago @ Mysansar - माफी मगा... · 1 reply · +1 points

मधेशी(?) शब्दको उल्लेख गर्नु उनको व्यक्तिगत अधिकारको कुरा हो, अभिव्यक्ति स्वतन्त्रता सबैलाई छ र हुनुपर्छ; तर मन्त्रीजस्तोको भने केही सीमा पक्कै हुन्छ । उनले "आमजनता, राजनीतिक व्यक्ति तथा नेताहरू र विभिन्न मधेशी नेताहरू" (विभिन्न शब्दलाई ख्याल गरौ‍) भन्ने उल्लेख गरेबाटमात्र साम्प्रदायिक सद्भाव बिग्रन्छ भन्नु औचित्यपूर्ण नहोला ।

जे होस्, उनले आफ्नो गल्तीको आत्मालोचना गरेकी छिन्, यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · 0 points

यस्तो प्रश्न आउँछ भन्ने थाहा थियो आर्युसजी । मैले अ‍ंकगणितीय राजनीति भनेको सांसद किनबेचको प्रथालाई इंगित गरेको हुँ, जुन जनमतको उपहास हो, मैले विशुद्ध जनमतको कुरा गरेको होइन । तैपनि यस्ता अंकगणितीय राजनीति गर्नेहरूले जनमतलाई कसरी बिर्सेछन् !

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 1 reply · 0 points

लौ ! एउटा नयाँ सिनेमा बनाउँदा मालामालै भइन्छ होला विवेकजी । के छ विचार ? :)

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · 0 points

ल त्यसो भए शिशिरजीले तु दल दर्ता गराए हुने भो । यहीँ पनि धेरैजनाको पाउनुहुनेछ । :)

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 2 replies · -1 points

जनमतलाई थाङ्नामा सुताउने र अंकगणितीय राजनीतिमा विश्वास गर्नेहरूलाई के आश्चर्य हुनु नि वीरजी । आश्चर्य त हामी माओवादी समर्थकहरूलाई हुनुपर्ने हो, तर यस्ता कुराहरूपनि पचाउने भइसके माओवादी समर्थकहरू । मूल एजेण्डामा अडिग रहे 'यो वा त्यो'को कुनै अर्थ रहँदैन ।

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 1 reply · +1 points

एकदम सही भन्नुभयो । माओवादीको समर्थन गर्नेहरूले माओवादी दलविशेषको होइन, नेतृत्व क्षमताका धनी अनि वैचारिकरूपमा दिग्गजहरू प्रचण्ड, बाबुराम, गजुरेल, आदि (नामको लाम छ) लाई समर्थन गर्छन् । माओवादीको समर्थन गर्नेहरूले कांग्रेसका नरहरि, गगन आदिको पनि गुणगान गाउँछन् । माओवादीको समर्थन गर्नेहरूले एमालेका मदन, मनमोहनको पनि उत्तिकै प्रशंसा गर्छन् नेपथ्यजी ।

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +1 points

तपाईं 'जनता'मा पर्नुहुन्न भने के गर्न सकिन्छ र नेपथ्यजी । ;)

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 2 replies · +1 points

अंकगणितीय राजनीतिमा विश्वास राख्नेहरूले जनताको अभिमतको ख्याल गर्नुपर्दैन ? माओवादीले संविधान बनाउनुपर्ने अवस्थामा संविधानको मर्मअनुसार नै राष्ट्रिय सरकार गठनको माग गरेको हो । यसलाई सत्ताकै लालसा कसरी ठान्ने ? हुन त माओवादीलाई सरकारबाहिर राखेर संविधान बनाउन सम्भव देख्नेहरूले यसै ठान्लान् ।

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 3 replies · +1 points

You argue that they are given mandate to rule. That is not true. The truth is that they have the largest sit in the assembly, but not outright majority. When the situation like this arises, negotiation and taking other fringe parties into confidence plays a vital role in survival as a govt. If the leading party behaved in a way of dictator then the fate will starts biting. That is what has happened to Maoi-ists.
लोकतन्त्रिक व्यवस्थाको बारेमा छोटो कुरा राख्नुभो निकजी, धन्यवाद । यसमा कसैको दुइमत हुन सक्दैन । तर तपाईं अझै पनि माओवादीलाई सत्ता नै चाहिएको कुरामा भ्रमित हुनुहुँदो रहेछ । माओवादीले उठाएको मुद्दा राष्ट्रपतिको कदम होइन र ? यदि राष्ट्रपतिले संविधानको मर्म विपरीत कमद नचालेका भए वा माओवादीलाई सत्ताकै लो भए त द्वैधसत्ताको खतरामा पनि सरकार विघटन नै गर्ने थिएन । यदि सरकार विघटन नगरेको भए, देशको के हालत हुनेथियो भनेर शायद कसैले पनि अनुमान गर्न सक्दैनथियो होला । निकजीजस्तोले नेपालको दुरावस्थाको कारक अंकगणितीय राजनीतिको पक्ष लिएको देख्दा अचम्म लाग्यो । ल ठीकै छ अंकगणितीय राजनीतिलाई बहुमत र अल्पमतको खेलका रूपमा लिउँ । तर, यसो भन्दैमा भएभरका हरुवाहरूको जमात सरकारमा पुग्नु के लोकतन्त्र हो ?

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 5 replies · +1 points

Dividing country in different ethnic and linguistic lineage, talking more about Sarbahara to general public but tliving a lavish, sophisticated life style for themselves, Talking about "nagarik Sarbochchata" but for whom?
जातीय, क्षेत्रगतआधारमा संघीय संचरनाको वहस अझै चालु नै छ । यो हुनैपर्छ भन्ने छैन, छलफल र वहसद्वारा नै उचित किसिमको संघीयतामा देश जानुपर्छ । हुन त विदेशी प्रभावले नेपाली भाषा, संस्कृति र धर्म जस्ता धरोहरहरू ध्वस्त पारिरहेको परिप्रेक्ष्यमा यिनै धरोहरहरू जोगाउन जातीय संघीयताको वहसलाई अन्यथा ठानिहाल्नु हुँदैन कि ! तर यसो हुनैपर्छ भन्ने छैन,छलफलको बाटो खुला छ । निकजी चाहिनेभन्दा बढी नै तर्सिनुहुँदो रहेछ । अनि के प्रधानमन्त्री मन्त्री भइसकेको मान्छे, जो अनेकथरि देशी/विदेशी मान्छेहरूसँगको सम्पर्कमा रहन्छन्; उनीहरूको दिनचर्या सर्वहारावर्गसरि नहुनु के गलत हो ? निकजी, नागरिक सर्वोच्चता ती सर्वहारावर्गका लागि मात्र होइन, तपाईं-हामी सबैका लागि हो ।