बीर

बीर

62p

136 comments posted · 6 followers · following 0

117 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · +3 points

करिमा बेगमलाई माकुनेले सानो माफि पनि मगाउन सक्दैन भने के को कुर्ची ओगटेर बस्ने ? म यो कुर्ची सम्हाल्न सक्दैन भनेर नैतीकताको आधारमा रजिनामा दिए हुन्छ।

117 weeks ago @ Mysansar - यसरी सकि... · 0 replies · +1 points

प्रमेयजी, Poll गर्ने सुबिधा हटाउनु भएछ नि, किन होला ? कसैले कुरा काट्यो भनेर हो कि क्या हो ? सबैको चित्त त कसैले पनि बुझाउन सक्दैन, तर बहुमतको चित्त बुझाउन सक्यो भने त्यो नै सफलता हो | यो public opinion बुझ्नको लागि एउटा राम्रो tool हुने थियो, हटाइदिनु भएछ दुख लाग्यो | हटाइ हाल्नु भन्दा बरु कसैले new Poll submit गर्छ भने त्यसलाई तपाइहरुले approve गरेर मात्रै publish गर्नु भए पनि हुन्थ्यो नि |

117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · -1 points

Nice one bro, I like it.

117 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +4 points

जे होस् सी डि ओ साहेब पनि कुटाई खाने खाले नै परेछन | दुवै आगो परेछन, मुस्लो त निस्कने नै भयो नि |

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 4 replies · +5 points

यसको मतलब माओबादीको घाँटीमा पनि गिरिजा बिना पानी नछिर्दो रहेछ भन्ने बुझियो | उताबाट फर्केर कुजाता नेपालको पहिलो महिला प्रधान मन्त्रि भएको घोषणा भएमा कुनै आश्चर्य मान्नु पर्ने छैन |

117 weeks ago @ Mysansar - यसरी सकि... · 0 replies · +1 points

... के यी प्रश्न एउटा सचेत नगरीको हैसियतले हामीले गर्न नपाउनु ? प्रचण्डले जादुको छडीले टक्क छोएर नेपाललाई १० बर्ष भित्र स्विजरल्याण्ड वा सिंगापुर नै किन नबनाउन तर त्यो सिंगापुर भित्र यदि मलाई पिंजडाको सुगा झैँ जे बोल भन्यो त्यहि मात्रै बोल्ने, जे सिकायो त्यहि मात्रै सिक्ने, जे खान दियो त्यो मात्रै खाने, आफुखुशी पखेटा सम्म चलाउन नपाउने जिबन बिताउनु पर्छ भने त्यो जीवन मलाई कदापी स्वीकार्य हुने छैन, यदि तपाइलाई स्वीकार्य हुन्छ भने त्यो तपाइको इच्छा हो | अनि चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भन्ने चाँही नहोस | यसको लागि हामी बेलैमा सचेत हुनु पर्छ, ढिलो भए पछी पछुताएर केहि हुने वाला छैन | मलाई थाहा छ तपाइलाई धेरै कुरा थाहा छ र तपाइलाई यस्ता कुरा भन्नु इन्द्रको अगाडी स्वर्गको बयान गरे जस्तो पनि होला, त्यसको लागि माफी चाहन्छु |

117 weeks ago @ Mysansar - यसरी सकि... · 1 reply · +1 points

... किनकि पार्टी सर्बोच्चता र नेतृत्व सर्बोच्चाताले ढिलो चाडो देशलाई अधिनायकबाद तिरै धकेल्छ | यदि माओबादीको असली नियत त्यस्तो छैन भने १. उनीहरुले भनेको नया नेपाल कस्तो हो ? Red Communism कि पूर्ण जन अधिकार भएको प्रजातान्त्रिक moderate communism यो कुरा प्रस्ट हुनु पर्यो, २. यदि उनिहरु प्रजातन्त्र माथि बिश्वास गर्छन भने यो YCL र जनसेनाको कवच किन ? यदि उनिहरुले पक्कै जनताको प्रजातान्त्रिक हितलाई साथ दिन्छन भने जनता नै उनीहरुको कवच हुने छन, मै दिने छु साथ, किन चाहियो YCL र जनसेना ? शंका गर्नु पर्ने ठाउँ छैन त अनि ? ३. अर्को कुरा मलाई मन नपरेको चाही "नागरिक सर्बोच्चताको नारा" यो नारा लगाउनु भन्दा पहिले उनिहरु पनि चोखो र निष्कलंक हुनु पर्छ, अनि मात्रै उनीहरुले यो नारा लगाउन सुहाउछ, होइन भने त्यो रामहरी श्रेष्ठ, प्रचण्ड ठैब आदिको हत्या, सम्पति लुट र कब्जा, अनगिन्तीको हातखुट्टा भाचेको के नागरिक सर्बोच्चता भित्र परेन ? हातखुट्टा भाचेको के नागरिक सर्बोच्चता भित्र परेन ? ...

117 weeks ago @ Mysansar - यसरी सकि... · 2 replies · +1 points

...अनि मलाई उहासंग रिस के कुरामा उठ्यो भने मैले दुइ वटा Poll राखेको थिए, उहाले एउटा मात्रै हेर्नु भएछ जुन उहाको चित्त बुझ्दो परेनछ र त्यो Poll लाई criticise गरेर प्रश्न गर्नु भयो, मैले कुरै नभूझी किन कुरा काट्नु हुन्छ अर्को पेजमा हेर्नुस त्यहाँ तपाइले भने जस्तै छ भने तर उहाले त झन मलाई challenge गरे झैँ खोइ मेरो प्रश्नको जवाफ दिन सकेको भनेर ख्यार ख्यार्ती पार्नु भयो, अनि मलाई लाग्यो यो मान्छे हठी मात्रै होइन arrogant पनि रहेछ यस्तो संग बेकारमा के झगडा गरेर के समय खेर फाल्नु भनेर quit गरेको हु | अझै पनि म माओबादीलाई आदर गर्दछु, तर यसको मतलब यो होइन कि समर्थन गर्दछु, जब सम्म मेरा केहि प्रश्नहरुको चित्त बुझ्दो जवाफ पाउदैन तब सम्म मेरो vote of confidence माओबादीलाई जादैन | किनकि अन्धधुन्दै तिनीहरुको पछी लागेर देशलाई अर्को अधिनायकबाद र राना शासन तिर धकेल्न चाहन्न | ...

117 weeks ago @ Mysansar - यसरी सकि... · 3 replies · +1 points

...त्यसै गरि यी कट्टर माओबादी साथीहरुले पनि बच्चै देखि माओबाद बाहेक अरु कुनै पढेका छैनन् भने कसरि अरु बाद संग तुलना गर्न सक्छन त ? जुन कुरा पनि राम्रो र नराम्रो छुट्याउनलाई २-४ वोटा कुराहरुलाई तुलना गरेर हेर्नु पर्छ अनि मात्रै बास्तवमा कुन राम्रो हो भन्ने छुट्टिन्छ | कुरा गरौ, बिचारको आदान प्रदान गरौ भन्दा घुमाई फिराइ आफ्नै हात मात्र माथि पर्छन, त्यहि भएर मैले पुष्पजी संग discuss गर्न छोडेको हु, उहासंगको यतिका दिनको छलफलमा मैले मेरो प्रस्नको उचीत उत्तर पाउनु भन्दा उहाले आफ्नो सिद्धान्तको बचाव गरेको मात्रै पाए, एउटा मात्र अलिक चित्त बुझ्दो जवाफ के पाए भने "माओबादीले पनि माटो सुहाउदो शासन गर्न जानेका छन्" तर त्यो माटो सुहाउदो शासन चाही कस्तो हो त्यो मलाई प्रस्ट पार्नु भएन | ...

117 weeks ago @ Mysansar - यसरी सकि... · 4 replies · +1 points

... अस्ति एउटा ब्लगमा "माओबादीको Ultimate Goal मलाई प्रस्ट भएन" भन्दा त जस्तो फटाहालाई किन प्रस्ट हुनु पर्यो भन्ने जवाफ पाए | यदि यस्तो खाले जवाफ दिने भए त पंचायती व्यवस्थामै फर्के भै हाल्यो नि | के को नागरिक सर्बोच्चता को नारा ? यहाँ कट्टर माओबादी समर्थक साथीहरुको विचार मलाई कस्तो लाग्छ भने माओबाद भन्दा राम्रो बाद संसारमा अरु कुनै छैन, यो कुराले मलाई के झझल्को दिलाउछ भने पहिले म गाउँबाट काठमाडौँ पढ्न आउदा हामी बाहिरबाट आउनेलाई पाखे भन्थे, मधेसीलाई "मनुष्य मखु मर्स्ये ख" अर्थात् मान्छे होइन मधिसे हो भन्थे, उनीहरुलाई लाग्थ्यो काठमाडौँ बाहेक संसारमा ठुलो राम्रो कुनै ठाउँ छैन, कुवाको भ्यागुतो कुवा बाटै बाहिर निस्कदैन भने संसार कसरि देख्छ त अनि ? हुन त अहिलेको अबस्थामा त्यस्तो छैन काठमाडौँ बासीले पनि मधेसी बिना घाँटीमा पनि छिर्दैन भन्ने बुझेका छन् र बाहिरबाट आउनेसंग पहिलेको जस्तो तुच्छ व्यवहार गर्दैनन | ...